Logo

आफ्नै गोली लागेर बलिउड अभिनेता गोविन्दा घाइते

एजेन्सी– बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको खुट्टामा गोली लागेको हो । गोली लागेपछि उनलाई एक अस्पतालमा भर्ना गरिएको छ ।

यो घटना मंगलबार बिहान ५ बजेको हो । उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खस्यो र फायर भएको बताइएको छ । हाल गोविन्दाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्