बाढीले क्षति पूर्याएको एमाले पार्टी कार्यालयको अवलोकनमा प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्रीमा क्षति भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।