एकैदिन ११४.७० अंकले बढ्यो सेयर बजार


काठमाडौं– मंगलबार सेयर बजारमा नेप्से परिसूचक ११४.७० अंकले बढेको छ । सोमबारको तुलनामा आज ४.५७ प्रतिशतले बजार बढ्दै नेप्से परिसूचक २६२३ अंकमा पुगेको छ ।

शेयर बजार हरियाली देखिँदा आज कारोबार रकम पनि दोब्बर बढेको छ । सोमबार ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो ।

२४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।

मंगलबार दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेकाे छ । कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।