Logo

एक लाख धरौटीमा दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश

काठमाडौं– साइबर अपराधको उजुरीको आधारमा पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौंका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए ।

अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्