सुर्खेत– कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय हो ।
शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया