काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मतदातालाई आफुले गरेको कामको हिसाबकिताब बुझाउने भएका छन् ।
यसका लागि रवि चितवनको मतदातासँग तेस्रोपटक सार्वजनिक सुनुवाइमार्फत जोडिने भएका छन् । आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन् । उनका अनुसार आफ्ना मतदातालाई आफुले गरेको कामकाजको हिसाबकिताब दिन शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ कार्यक्रम हुँदै छ ।
उनले भनेका छन्, ‘सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु। साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’ लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन्। २०७९ को प्रतिनिधि सभामा चितवन २ बाट निर्वाचित भएका उनी नागरिकता प्रकरणले सांसद पद गुमेपछि उपनिर्वाचन पनि सोही स्थानबाट सांसद चुनिएका थिए ।
प्रतिक्रिया