Logo

बाबर आजमले गरे कप्तान पदबाट राजीनामा दिएको घोषणा

एजेन्सी– पाकिस्तानी क्रिकेट टोलीको कप्तान बाबर आजमले कप्तान पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् ।

बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उनले बताएका छटन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने र आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उनले बताएका छन् ।

सन् २०२३ को विश्वकपमा पाकिस्तानले कमजोर प्रदर्शन गरेपछि त्यसको जिम्मेवारी लिँदै बाबरले कप्तानी छोडेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले उनलाई फेरि कप्तानीका लागि जिम्मेवारी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्