दशैंमा घर शृङ्घार्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु
वीरेन्द्रनगर — हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनीहरु आज बिहान घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका थिए । दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्न उनीहरु त्यहाँ पुगेका हुन् । तर माटो खन्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए ।
ध्रुव र मनुसुरासँगै कमेरो खन्न गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मृतक शाहीको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिएका छन् र