Logo

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापामारेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणमा छापा मारेको हो । टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको छ ।

अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्