Logo

आजदेखि खुल्दैछ डिभी, एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन पाउने

काठमाडौं– यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) आज राति पौन १० बजेबाट खुल्दैछ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार रातिबाट डिभी जानकारी दिएको हो ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ ।

दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु डीभीका लागि अयोग्य हुने समेत दूतावासले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्