Logo

समयमै अस्पताल पुर्याउन नसक्दा साल अड्किएर सुत्केरी महिलाको मृत्यु

अछाम– अछाममा सुत्केरी भएको केहि समयमा नै महिलाको मृत्यु भएको छ । ढकारी गाउँपालिका– ६ की २९ वर्षीया सरितादेवी जैसीको साल अड्किँदा मृत्यु भएको हो ।

बिहीबार बिहान सुत्केरी बेथा लागेपछि उनलाई ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो । तर उनले स्वास्थ्यचौकी पुग्नुभन्दा अघि नै बिहान ३ बजेतिर बाटोमै छोरालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मिएपछि अत्यधिक रक्तस्राव हुन थालेपछि उनलाई ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ साल निकाल्न नसकिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीहरूले सरितालाई जिल्ला अस्पताल मंगलसेन रेफर गरेका थिए । सदरमुकाम मंगलसेन पुग्नुअघि नै बिहान साढे नौ बजे उनको बाटोमै मृत्यु भएको हो ।

जिल्ला अस्पताल मंगलसेनका डाक्टर अतुल भारद्वाजले साल अड्किएर रगत भित्रै थुनिएका कारण सरिताको मृत्यु भएको बताउँछन् । । ढिलो गरी अस्पताल ल्याउँदा
उनको ज्यान आएको चिकित्सकले बताएका छन् । शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्