Logo

राजदेवी मन्दिरमा चार फिट पानी जम्दा जमरा राख्न समस्या

काठमाडौं– महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा पर्दा जमरा राख्न समस्या परेको छ ।

पानी जमेकै कारण आज दशैंको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको उनले बताए ।

उनका अनुसार मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए। त्यस मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो।

जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको उनले गुनासो गरेका छन् । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ।

 

प्रतिक्रिया दिनुहोस्