Logo

नेपाली बजारमा सुनको फेरी अर्को किर्तीमानी रेकर्ड

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ तोकिएको छ । यो यसअघिको किर्तीमानी मुल्यभन्दा एक सय रुपैयाँले बढी हो । यसअघि गत शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।

आजको सुनको मुल्य बिहीबार भन्दा ४ सय रुपैयाँले बढी हो । हिँजो प्रतिताmो १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

शुक्रबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी आज १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्