Logo

नेपालको विपत्तीप्रती बेलायती राजारानीको चिन्ता

काठमाडौं– गत हप्ता नेपालमा अबिरल वर्षाका कारण गएको प्राकृतिक विपतप्रती बेलायती राजारानीले चिन्ता प्रकट गरेका छन्।

नेपाल र बेलायत सम्बन्ध गोर्खाहरूको योगदानले मात्र नभएर धेरै कुराले भएको भन्दै बेलायती राजाले नेपालमा धेरै बेलायतीको भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन् । राजाले यो सन्देश एक औपचारिक वक्तव्यमार्फत सार्वजनिक गरेका छन्। राजा र रानीले दिएको सन्देश राजपरिवारको आधिकारिक सामाजिक सञ्जालमा राखिएको छ ।

नेपालको चाडबाडको मुखमा भएको विपतमा सबै परिवारहरूसँगै मिलेर बस्न सकुन् भन्दै उनले कामनासमेत गरेका छन्। सन्देशमा भनिएको छ, ‘युनाइटेड किङ्डम सधैँ आवश्यकतामा सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्