दसैंअघि नखुल्ने नै भयो बीपी राजमार्ग


काठमाडौं– गत हप्ताको बाढी पहिरोले अवरुद्ध रहेको बीपी राजमार्ग दसैंअघि सञ्चालनमा नआउने भएको छ । बाढी पहिरोबाट जमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था छैन ।

शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको जानकारी दिए। ती गाडीहरु दसैं अघिसम्म उनीहरूको उद्धार सक्ने बताए ।

बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराएकी छिन् ।