Logo

फेसबुकका सञ्चालक मार्क जुकरबर्ग बने विश्वकै दोस्रो धनी व्यक्ति

काठमाडौं– फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् ।

अनलाइन सपिङ एप अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै उनी संसारकै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको कुल सम्पत्ती २०६.२ अर्ब अमेरिकी डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर रहेको छ । मार्कको सम्पति पछिल्लो एक वर्षमा नै ७८ अर्ब डलरले बढेको छ ।

मेटाको नाफामा आएको वृद्धिका कारण सेयर भाउ बढेको छ । १ वर्षको समय अवधिमा मेटा कम्पनीको सेयर मूल्य ९० प्रतिशतले बढेको छ । १ महिनामा मात्रै मेटाको भाउ १४ प्रतिशत बढेको देखिएको छ । सेयर मूल्यमा वृद्धिका कारण यसको बजार पुँजीकरण १४ खर्ब ७० अर्ब डलर भन्दा माथि पुगेको छ ।

हाल संसारकै धनी व्यक्ति इलन मस्क रहेका छन् । उनको सम्पत्ती २५६ अर्ब अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्