काठमाडौं– सरकारले अबको तीन दिनभित्र बिपी राजमार्ग बाहेकका सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालले संसदको पूर्वाधार समितिले अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो।
मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरेको बताएका छन् । फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने उनले जानकारी दिए ।
यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए। बिपी राजमार्गको करिब १२ किलोमिटर सडकको नाम निशाना नै बाँकी नरहेकाले यसको पून निर्माणको लागि लामो समय लाग्ने उनले जानकारी दिए ।
राजमार्ग सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा अलपत्र परेका यात्रुहरुको उद्धारमा सरकार लाग्नुपर्ने कुरामा पूर्वमन्त्री प्रकाश ज्वालाले जोड दिए । उनले भने, ‘गाडीभन्दा पनि मान्छेको उद्धार पहिले हुनुपर्यो। दसैंमा यात्रु सहज रूपमा घरजाने वातावरण बनाउनुपर्यो। तत्काल पुल बनाउन नसके पनि बेलिब्रिज लगाउनु पर्यो’
प्रतिक्रिया