Logo

टिकाको दिन सर्वसाधारणलाई पूर्वराजा ज्ञानेन्द्रले टिका लगाइदिने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजयदशमीको दिनमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

शाहको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

यतिबेला भने पूर्वराजा शाह भुटानी राजपरिवारको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि भुटानमा छन् । घटस्थापनाको दिन सपरिवार भुटान पुगेका उनी उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्