Logo

काठमाडौंबाट ६ तोला सुनका गरगहना चोरी

काठमाडौं– काठमाडौंको शंखपार्कस्थित एक घरबाट ६ तोला सुन चोरी भएको छ। काठमाडौं महानगरपालिका– ४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनसहित विभिन्न सामान चोरी भएको हो ।

बिहीबार राति श्रेष्ठको घरबाट करिब ६ तोलाका गरगहना, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्