Logo

भोलीदेखि प्रतिकिलो दश रुपैयाँ छुटमा खसी, बोका बेच्दै खाद्य कम्पनी

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो । ती खसी, बोका प्रतिकिलो १० रुपैयाँ छुटसहित बेच्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ। गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो ।

कम्पनीले यो दसैँमा खसी, बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्