Logo

तीन दिनअघि खुलेको दोलखा हुँदै मन्थली जाने बाटो फेरि अवरुद्ध

काठमाडौं– लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँको बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो ।

यसअघि बिपी राजमार्गअन्तर्गत मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्म सहज तरिकाले यात्रा गर्न सकिन्थ्यो । चर गत हप्ता सुनकोशी नदीमा आएको बाढीले खुर्कोटमा भएको पुल बगाएको थियो । यस्तै नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्