Logo

चाँदीको मुल्य हालसम्मकै उच्च, सून भने तीन सयले घट्यो

काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । शुक्रबार प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।

 

प्रतिक्रिया दिनुहोस्