Logo

दशैंमा खसी बोका किन्दा सिङमा हरियो भए नभएको हेर्न सुझाव

काठमाडौं– पश्चिम तराई र तथा सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका काठमाडौं उपत्यकामा भित्रिन गालेको छ ।

बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् ।

हरेक वर्ष दसैँमा काठमाडौं उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।

पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ ।

बिरामी बेच्न नदिइ स्वस्थ खसीबोका बिक्री गर्न टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण भइरहेको पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले बताएका छन् । विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको छ । त्यसैले चौपाया खरिद गर्दा सिङमा हरियो रङ लागेको चौपाया खरिद गर्न उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्