Logo

कस्तो छ छक्कापञ्जा–५ को ट्रेलर?

काठमाडौं– यस वर्षको बडादशैंको छेकोमा सार्वजनिक हुन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा–५ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न गरेको संघर्ष फिल्मको कथा रहेको अनुमान गरिएको छ । इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा ‘छक्कापञ्जा’का पुराना सिरिजहरुमा जस्तै कमेडीको मज्जा दिने प्रयास गरेको ट्रेलरमा देखिएको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले निर्माण गरेको यो फिल्म असोज २४ मा फूलपातीको दिन देशव्यापी प्रदर्शनमा आउँदैछ । यस अघिका सिरिजले राम्रो प्रदर्शन गर्दै एउटा ब्रान्ड नै बनेको ‘छक्कापञ्जा’ सिरिजको यो फिल्मले पनि राम्रै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

यद्यपी सोहि दिन जितु नेपालको मूख्य भूमिका रहेको ‘ज्वाईंसाब’ र विराज भट्टको निर्देशनमा बनेको एक्सन फिल्म ‘१२ गाउँ’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्