Logo

वागमती र मनोहराको दोभानमा भेटियो पुरुषको शव

काठमाडौं– काठमाडौंस्थित वागमती नदी र मनोहरा खोलाको दोभानमा एक जना पुरुषको शव भेटिएको छ । शव बाढीले बगाएको हो वा होइन भन्ने यकिन नभइसकेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानपछि मात्र थाह हुने र अनुसन्धानको काम सुरु भइसकेको प्रहरीले जनाएको छ । फेला परेको शवको हालसम्म पहिचानसमेत खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्