Logo

एक हप्ताको कारागार बसाईपछि सीधाकुरा अनलाइनका प्रकाशक र सम्पादक रिहा

काठमाडौं– सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । ७ दिन कारागार बसेपछि उनीहरु आज छुटेका हुन् ।

अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका यी दुई केन्द्रीय कारागारमा सजायँ काटेर आज बिहान थुनामुक्त भएका हुन् । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

समाचार भनिएको उक्त अडियोको बास्तविकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले कँडेल र ढुंगानालाई जनही तीन महिना कैद सजाय हुने अदालतको ठहर थियो ।

तर, पत्रकारद्वयले क्षमायाचना गरी पुनः त्यस्तो गल्ति नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिनमात्र थुनामा राखी बाँकी कैद मिनाहा गरिदिने अदालतको आदेश बमोजिम उनीहरु माफि मागेर एक हप्तामा छुटेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्