Logo

सेयर बजारका सबै सूचक बढ्दा कारोबार रकम भने घट्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । बिहीबार ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।

आज फाइनान्स सेक्टरमा सबैभन्दा धेरै ६.३० प्रतिशतले अंक बढेको छ । बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्