Logo

मारवाडी समितिबाट फिर्ता लिएको पशुपतिनाथको सम्पत्ति अब पशुपति विकास कोषले व्यवस्थापन गर्ने

काठमाडौं– भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ । उक्त धर्मशाला यसअघि मारवाडी सेवा समितिले सञ्चालन गर्दै खाएको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । उक्त सम्झौता खारेजी सदर भएसँगै आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको कोष सञ्चालक परिषद्‌को बैठकले धर्मशालाको व्यवस्थापनको जिम्मा दिएको हो ।

कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको थियो ।

काठमाडौँको गौशालास्थित कित्ता नं.८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं.८५ को ४–१०–०–० क्षेत्रफलको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समितिले कौडीको भाउमा सस्तो मूल्यमा लिजमा लिएर सञ्चालन गर्दै आएको थियो ।

वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्