Logo

क्रेनले च्यापिएर एक युवकको मृत्यु

गोरखा– गोरखाको गोरखा नगरपालिका वडा नं १० हुल्चेमा क्रेनले च्यापिएर एक युवकको मृत्यु भएको छ । बारा सिमरा उपनगरपालिका वडा नं १९ घर भएका वर्ष १९ का प्रिन्स अन्सारीको क्रेनले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन अविनाश अर्वाएकर प्रा.लि. (ह्याचरी)मा काम गर्ने क्रममा बा.२.क.४९८६ नम्बरको क्रेनको ब्रेक फेल भई खोल्सामा खसेको थियो । सोही क्रेनले च्यापेर अन्सारीको मृत्यु भएको छ । क्रेनका चालक पर्सा विरगन्ज महानगरपालिका वडा नं ३० घर भएका अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्