Logo

चाडबाडको बेला खुसीको खबर, घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य आइतबारको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्