Logo

धरहरामा पार्किङ गरिएको बाइकको टायर नै गायब

काठमाडौं– संविधान दिवसको अवसर पारेर सञ्चालनमा आएको धरहराको पार्किङमा राखिएको मोटरसाइकलको टायर चोरी भएको छ । आइतबार काठमाडौंका सज्वल आचार्यले दिउँसो १ बजे धरहरामा पुगेर बाइक पार्किङ गरेका थिए ।

करिब एक घण्टापछि फर्किँदा उनको बा२प ०१९ २८२६नम्बरको नीलो एफजेड बाइकको अगाडिको टायर नै गायब थियो । पार्किङ गरिएको ठाउँमा सिसी क्यामेरा पनि थिएन ।

न्युरोड क्षेत्रको पार्किङ हटाएर काठमाडौं महानगरले धरहरा र पुरानो बसर्पाकस्थित भ्यु टावरमा पार्किङ मिलाएको थियो । धरहराको पार्किङको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीचसमेत सहमती जुटेको थिएन ।

हाल पार्किङसहित धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयले लिएको छ । तर सवारीसाधनको सुरक्षाको जिम्मा नलिई पार्किङको अनुमति दिइनु लापारबाही भएको बाइकधनी आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्