Logo

गत साताको बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो, १८ जना अझै बेपत्ता

काठमाडौं– गत साताको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म १८ जना बेपत्ता छन् भने एक सय ७८ जना घाइते भएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । उनीहरुका लागि सहायता परिचालन गरिएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ । ७९ जना घाइते र ६ जना बेपत्ता तथा १२ हजार ६४७ जनाको उद्धार भएको छ ।

यस्तै ललितपुरमा ४६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते र ५ जना बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्