Logo

न्युयोर्कको टाइम्स स्क्वायरमा पनि दूर्गा पूजा

अमेरिका– अमेरिकाको न्युयोर्क राज्यको टाइम्स स्क्वायरमा पहिलो पटक दूर्गा पूजा गरिएको छ। बंगाली क्लब युएसए, गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका, वर्ल्ड योगा कम्युनीटीको संयुक्त सहकार्यमा दूर्गा पूजा आयोजना गरिएको हो।

जुनसुकै ठाउँमा बसेरपनि आफ्नो सांस्कृतिक सम्पदा र परम्परा सधैं प्रवर्द्धन र संरक्षण गर्ने दायित्व रहने भएकाले दूर्गा पूजा गरिएको गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले बताएका छन् ।

दूर्गा पूजामा हिन्दू समुदायका साथै अमेरिककी समुदायका मानिसहरुको समेत उल्लेख्यनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्