Logo

नेप्से परिसूचक बढ्दा कारोबार रकममा पनि वृद्धि

काठमाडौं– साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा अडिएको छ।

आज कारोबार रकमपनि बढेको छ । आज सोमबार ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्