Logo

४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस, तीन अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं– यसक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा ७६ उजुरी दर्ता गरिएका थिए । २६९ सामग्रीको स्वअनुगमन गरिएको थियो ।

हाल युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको प्रेस काउन्सिलले जनाएको छ ।

गएको साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

“मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक सञ्जाल (युट्युब च्यानल)को अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो०मा पत्राचार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलको निर्देशनलाई अनदेखा गर्ने त्यस्ता च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्