Logo

सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ।

प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्