Logo

आज कर्णालीमा सार्वजनिक बिदा

काठमाडौं– कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिईएको छ । कोजाग्रत पूर्णिमाको अवसरमार आज प्रदेशभर सार्वजनिक बिदा दिईएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक १ गते बिदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्