Logo

दशैंमा काठमाडौं उपत्यकामा ११ वटा चोरीको घटना

काठमाडौं– दशैंको अवधिभरमा काठमाडौंमा ११ वटा चोरीका घटना भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर ११ वटा चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

असोज १७ गतेदेखि २८ सम्ममा काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरीको घटना भएको हो । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको प्रहरीले जनाएको छ ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएका व्यक्तिहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्