Logo

एकैदिन तोलामा दुई हजार बढ्दै सुनको मूल्यले राख्यो नयाँ कीर्तिमान

काठमाडौं– दुई दिनदेखि लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मुल्यले आज पनि नयाँ कीर्तिमान राखेको छ । शुक्रबार तोलामा २ हजारले बढ्दै नयाँ कीर्तिमानी रेकर्ड राखेको हो ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । बिहीबार प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्