Logo

सकियो विपक्षी दलको बैठक, सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको छ ।

बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन÷स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष निकालेको माओवादी नेता शक्ति बस्नेतले बताए ।

‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको उनले बताएका छन् । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्