Logo

साना दललाई फुटाउने अध्यादेश सरकारले ल्याउन खोजेको विपक्षी दलको बैठकको निश्कर्ष

काठमाडौं– संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको प्रतिपक्षी दलको बैठकले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको बैठकमा सहभागी भएका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार बकैठकले विपत्तिमा सरकार चुकेको विपद्पछिको उद्धार र राहतमा कुनै पनि दारुकता देखाउन नसकेकोर विपद्को बेलामा विदेश भ्रमणमा रमाएर बसेको निष्कर्ष निकालेको छ । त्यस्तै सरकारले साना दल फुटाउन अध्यादेश ल्याउन खाजेको र साना दललाई तर्साउने काम गरेको निष्कर्ष निकालेको उनले जानकारी दिए ।

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको साहले जानकारी दिए । उनका अनुसार यी समग्र विषयमा आइतबार प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने निर्णय गरेको छ ।

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यक्षदेश ल्याउन खोजेको आशंका गरेको उनले जानकारी दिए । उनका अनुसार सरकारले अध्यादेश ल्याएमा सबै मिलेर प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बैठकले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्