Logo

जिल्ला अदालन कास्की पुगे एसपी र डिएसपी, रवि पक्राउ परे कास्कीमा प्रतिवाद गर्ने रास्वपाको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्कीबाट पक्राउ पूर्जी जारी हुने तयारी भइरहेको चर्चा चलिरहेको छ । यहि बेलामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन् ।

शुक्रबार दिउँसो अदालतमा प्रहरीका दुई अधिकारी पुगेपनि उनीहरु रविविरुद्ध पक्राउ पुर्जीका लागि हो या अन्य प्रयोजनका लागि भन्ने खुलेको छैन ।

आज नै सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविका तत्कालीन साझेदार छविलाल जोशीविरुद्ध अदालतमा आज म्याद थप हुँदैछ । असोज ६ मा काठमाडौंको शंखमुलबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

छविलालसँग प्रहरीले बयान लिइरहेको बेला रविलाई पनि पक्राउ गर्ने तयारी भइरहेको बताइएको छ । तर अदालतले भने हालसम्म पक्राउपूर्जी जारी भइनसकेको जनाएको छ ।

यता लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ । यदी रवि पक्राउ गरेर कास्की पुर्याएमा त्यहाँ नै प्रतिवादमा उत्रने तयारी रास्वपा कास्की जिल्ला समितिले गरेको हो ।

तर यसका लागि रास्वपाले औपचारिक रुपमा कुनै सर्लुकलर जारी गरेको छैन । रास्वपाका कार्यकर्ता स्वत स्फुर्त रुपमा नै प्रतिवादमा उत्रने रास्वपा स्रोतको दाबी रहेको छ ।

यतिबेला रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् । विपक्षी दलको बैठकपछि डीपी अर्यालकै गाडीमा चढेर रवि पनि पार्टी कार्यालयतर्फ गएका थिए ।

यसअघि पनि दशैंअघि रविलाई पक्राउ गर्ने हल्ला चलेको थियो । सो समयमा रास्वपाले काठमाडौँमा रहेका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा प्रतिवादन गर्न भन्दै बोलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्