Logo

पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन आपतकालिन अन्तरिम आदेश

काठमाडौं– पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशसँगै अदालतले अन्तरिम आदेश दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्