Logo

रविलाई पक्राउ गरेर सडकमार्गबाट पोखरा लगिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउपछि सडकमार्गबाट पोखरा लगिने भएको छ।

सहकारीमा बचत रकम हिनामिना प्रकणमा शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सिआईबिको टोली वनस्थलीस्थित पार्टी कार्यालय पुगेको छ । उनलाई पक्रो गरेर सडकमार्गबाट पोखरा लगिन लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार अबको आधा घन्टामा लामिछाने पार्टी कार्यालयबाट बाहिरिनेछन्। बाहिरिनुअघि सञ्चारमाध्यमसँग केही कुरा राख्न चाहेको उनले बताएका छन्। लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय कार्यालयमा रास्वपाको आकस्मिक बैठक बसिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्