Logo

अब सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ

काठमाडौं– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला ६ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्