Logo

एनपिएलमा ओमानका कप्तानले सन्दीपको टिमबाट खेल्ने

काठमाडौं– आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)का लागि फे्रन्चाइज टिमले धमाधम विदेशी खेलाडीलाई अनुबन्धन गर्न सुरु गरेका छन् । एक जना मार्की खेलाडीसहित ११ जनाको टिम बनाएर ८ वटै टोली यतिबेला ४ जना विदेशी खेलाडी अनुबन्ध गर्न व्यस्त छन् । यसैबीच विराटनगर किंग्सले ओमानका कप्तानलाई आफ्नो टिममा भित्र्याएको छ ।

विराटनगरले एनपीएलका लागि ओमानका कप्तान तथा अलराउन्डर अकिब इलियासलाई भित्र्याएको हो ।आइतबार विराटनगर किंग्सले ओमानी कप्तान तथा अलराउन्डर अकिबलाई टिममा भित्र्याएको जानकारी दिएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत विराटनगर किंग्सले पहिलो विदेशी खेलाडीका रूपमा अकिबलाई भित्र्याएको जनाएको छ ।

अकिब नेपाल प्रिमियर लिगका लागि अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका ब्याटर आन्द्रेस गौसलाई टिममा अनुबन्ध गरेको थियो । अकिबले ओमानका लागि ३२ ओडीआई र ५६ टी(२० आई क्रिकेटमा गरी २ हजार ५६४ रन जोडेका छन् । अकिबले राष्ट्रिय टिमबाट ७० विकेट पनि लिएका छन् ।

विराटनगर किंग्सले केही दिनअघि मात्रै आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ब्राइनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । विराटनगरका मार्की खेलाडीका रूपमा लेग स्पिनर सन्दिप लामिछाने हुन् । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्