Logo

पोखराको सहिदचोक र गैह्रापाटन क्षेत्रलाई ‘निषेधित क्षेत्र’ घोषणा

कास्की– कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना हुन सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त निषेधाज्ञा लागु हुने जनाएको छ । प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्