Logo

शहीद चोकमा निषेधाज्ञापछि पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

फाइल फोटो

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता र प्रहरीबीच पोखराको शहीद चोकमा धकेलाधकेल भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको क्षेत्रमा रहेका कार्यकर्तालाई प्रदर्शन नगर्नका लागि प्रहरीले आदेश सुनाएपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।

रविलाई अदालतमा उपस्थित गराउने भएपछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त निषेधाज्ञा लागु हुने जनाएको हो । प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यता रास्वपाले भने आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्