Logo

रविको पक्राउ विरुद्ध भएको प्रदर्शनमा प्रहरी प्रहार गर्यो पानीको फोहोरा

पोखरा– रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेर भीडलाई तितरबितर बनाएको छ । रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरबितर बनाएको हो ।

सहकारी ठगी आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्की लगिँदै छ ।
रविलाई अदालतमा उपस्थित गराउने भएपछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त निषेधाज्ञा लागु हुने जनाएको हो । प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

तर, अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थकले निषेधाज्ञा तोड्न खोजेपछिसँग प्रहरीसँग धकेलाधकेल भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

 

प्रतिक्रिया दिनुहोस्