Logo

रविको पक्राउमा जनमोर्चा पार्टीको समर्थन

काठमाडौं– राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन जनाएको छ । आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै रविको गिरफ्तारी सहिनै रहेको बताएका छन् । उनले यस प्रकरणमा संलग्न अन्यमाथि सत्यतथ्य छानबिन गर्नसमेत माग गरेका छन् ।

‘‍‘सहकरी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तरआवाज उठाएको तर तर तत्कालीन माओवादी(एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको छ । उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्